मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

धानको भुषभित्र लुकाइराखेको दुईसय १२ किलो गाजासहित चार पक्राउ

Ujyalosandeshonline 10783+ समाचार ( )
१४ असार २०८२, शनिबार

दिपेश पौडेल

रौतहट । बारा प्रहरीले २ सय १२ किलो लागुऔषध गाजासहित चार जनालाई पक्राउ गरेको छ ।मकवानपुर को हेटौंडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई चेकजांच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यलय सिमरा र प्रसौनी बाराबाट खटिएको सयुक्त टोलीले परवानीपुर गाउँपालिका वाड न ५ बहुअरीबाट लागुऔषध गाजा बरामद  गरेको प्रहरीले उल्लेख गरेको छ । पिकअप गाडीमा धानको भुषभित्र लुकाइराखेको अवस्थामा २ सय १२ किलो ९२८ ग्राम लागुऔषध गाजा बरामद गरिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक बर्ष २८ को रवि कार्की  , थाहा नगरपालिका वाड न १२ का बर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने बर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का महेश तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरु पिकअप गाडीमा सवार रहेको प्रहरी नायव उपरीक्षक  पण्डितले बताए । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार