मुख्य समाचार
वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक | गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने | सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ |

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

Ujyalosandeshonline 11438+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । सोमबार मन्त्रालयमा पत्रका सम्मेलनगरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो साय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी र नीतिगत रुपमा हामीले बलियो संरचनाहरु तयार नभइ गुणस्तर काम नहुने कारण नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । 

उनले भने,‘अहिले गृह मन्त्रालयले खासगरेर वर्तमान सरकार र माननीय मन्त्री ज्युले निर्देशन गरेअनुसार गृह मन्त्रालयले अहिले सबैभन्दा पहिले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । जबसम्म कानुनी र नीतिगत रुपमा बलियो संरचनाहरु तयार गर्दैनौं, तबसम्म काममा गुणस्तर हुँदैन् । त्यो कामले नतिजा राम्रो दिदैन भन्ने आधारमा काम गरिरहेका छौं ।’

त्यस्तै उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना भएकोपनि जानकारी गराए । उनका अनुसार साउनदेखि पुससम्म भएका सवारी दुर्घटनामा परी एक हजार २३३ जनाले ज्यान गुमाएका छन् । 

गृहमन्त्रालयका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटना संख्या घटेको भएपनि मृत्यु संख्या भने बढेको छ। गत वर्ष साउनदेखि पुससम्म १२ हजार ८५६ वटा सवारी दुर्घटना भएको थियो । जसमा १२ सय ३३ जनाले ज्यान गुमाएका थिए।

यस वर्ष साउनमा १६२८ वटा सवारी दुर्घटना भएका छन्। जसमा १५२ जनाको मृत्यु भएको छ। भदौमा १६ सय १९ सवारी दुर्घटना भएकोमा १७४ जनाले ज्यान गुमाएका छन् । यसैगरी असोजमा १८सय ७३ सवारी दुर्घटना भएका छन् । त्यसमा २०० सय जनाले ज्यान गुमाएका छन् । कात्र्तिकमा १९ सय २८,मंसिरमा २ हजार १४  र पुसमा २२ सय ७६ वटा सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परी कात्र्तिकमा २५८ जना,मंसिरमा २५२ जना र पुसमा १९७ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार