मुख्य समाचार
विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान | कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ |

देशव्यापी सामूहिक सत्याग्रहको तयारीमा संघर्ष समिति

Ujyalosandeshonline 12075+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले सरकारले आफ्ना मागहरु पूरा नगरे  काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको कड़ा आन्दोलनमा जाने चेतावनी दिएको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघका संयोजक चन्द्रबहादुर थापाले संघको बिभिन्न १९ बुँदे माग सरकार सामू राखेको भन्दै वैशाख २३ गतेसम्म माग पूरा नभए काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको कड़ा आन्दोलनमा जाने जानकारी दिए । 

उनले भने, ‘समय संकटबाट देशलाई मुक्त गराउने उद्देश्यसहित विभिन्न राजनीतिक अभियान तथा व्यावसायी संस्थाहकको सहभागीतामा बनेको राष्ट्रिय सयुक्त संघर्ष समितिमार्फत राष्ट्र, अर्थतन्त्र, धर्म, संस्कृती र जनताको जीवन रक्षाका निमित्त स्वदेशमै काम गरेर खान देउ भन्ने मूल नारासहित नेपाल सरकार प्रधानमन्त्री समक्ष मागहरू पेश गर्न चाहन्छौं । सम्पूर्ण नागरिकहरू गर वा मरको स्थिति रहेको अवस्थामा हाम्रा मागहरू २०८१ वैशाख २३ गतेसम्म १५ दिन भित्र पूरा नभए काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको कड़ा आन्दोलनमा जाने कुराको पनि जानकारी गराउन चाहन्छौ ।’

संघले राज्यले तोकेको मापदण्ड भित्र रहेर नेपाली नागरिकले नेपाल भित्र गरेको कुनैपनि क्षेत्रको लगानीलाई राष्ट्रिय पूँजीको रुपमा घोषणा गरी तिनको रक्षा प्रवर्धन र विकासका लागि राज्यको तर्फबाट आवश्यक कानुनी व्यवस्था गर्नपर्ने, बैंकिङ कर्जा ब्याजदर अधिकतम सात प्रतिशत हुनुपर्ने र कालोसूची वा लिलामी प्रकृयामा गएकालाई तत्कालै बन्द गरी न्यूनतम दुई वर्षको अवधि थप गर्नुपर्ने, जग्गा जमिन लिलामी गरेको भए पुनर्मूल्याङ्कनको व्यवस्था गर्नपर्ने ,व्यवसाय संचालनको लागि पुरानै धितोमा ३० प्रतिशतसम्म पुनकर्जाको व्यवस्था गर्नुपर्ने लगायतका १८ बुँदे माग राखेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार