मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

Ujyalosandeshonline 12342+ समाचार ( )
२ माघ २०८१, बुधवार

नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता अभिबृद्धिका लागि स्थान्तरण प्रक्रिया अघि बढाएको छ ।बुधबार निगमले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट डिपो निर्माण सम्बन्धी निर्देशन भए बमोजिम डिपो स्थान्तरण प्रक्रिया अघि बढाईएको जानकारी दिएको हो ।

‘सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको पायक पर्ने स्थान अतरिया चोकबाट नजिकको स्थानमा जग्गा प्राप्तीका लागि निर्देशन भए बमोजिम साबिक श्रीपुर गाविस वडा नम्बर ७, हाल कैलाली जिल्ला गोदावरी नगरपालिका ८ मा पर्ने अतरिया चोकबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्वपश्चिम राजमार्गलाई छुने २० बिघा १६ कट्ठा ८ धुर जग्गा डिपो स्थान्तरणका लागि उपयुक्त देखिएको छ । तसर्थ उपरोक्त जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिस समेत गरिसकिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल आयल निगम लिमिटेडले वि सं २०३७ सालमा तत्कालीन पेट्रोलियम पदार्थको मागलाई दृष्टिगत गरी निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार जीर्ण भइरहेको समेत जानकारी दिएको छ । 

यसैगरी आयल निगमले  एक विघा ८ कठ्ठामा संचालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले स्थान्तरण अनिवार्य भएको जनाएको छ ।

यसै सन्दर्भमा निगमको आर्थिक वर्ष २०८१–८२ को बजेटमा संचालक समितिद्वारा ‘सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीति अनुरुप कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने जानकारी निगमले गराएको छ ।

यसैगरी निगमको विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, काठमाडौ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह रहेका छन् । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ७९ हजार ९ सय ९० किलोलिटर रहेको छ भने करिब ६ सय कर्मचारी निगममा कार्यरत छन् ।

वर्तमान समयमा नेपालमा पेट्रोलियम पदार्थको माग १.९ मिलियन टन रहेको छ र वार्षिक १० प्रतिशतका दरले मागमा वृद्धि भइरहेको छ । हाल देशमा हुने कुल ऊर्जा खपतमध्ये १५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको रहेको छ र मुलुकभर पेट्रोलियम पदार्थको माग निरन्तर बढिरहेको छ । यस तथ्यलाई मध्यनजर गर्दै निगमले आफ्ना डिपोहरुको समयानुकुल स्तरउन्नती गर्दै जानुपर्ने भएकाले नै धनगढी डिपोको स्थान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार