मुख्य समाचार
अबैध सुनको कारोबार गर्ने मुख्य योजनाकार पक्राउ | जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्छ सावधान अपनाउनुहोलाः गृहमन्त्री लेखक | सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सभापति थापा | भारतले फोहोरमैला व्यवस्थापन र नदी प्रदूषण नियन्त्रणमा सहयोग गर्ने | भैरहवाबाट वीरगंज जाँदै गरेको बस दुर्घटना | मन्त्री आरजु राणा र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा | पशुपतिमा एक महिनासम्म चल्ने कोटिहोम महायज्ञ शुरु | मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान | घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा | ७५ प्रतिशत मात्र राजस्व संकलन, लक्ष्यमा पुग्न सकेन सरकार |
मुख्य समाचार
अबैध सुनको कारोबार गर्ने मुख्य योजनाकार पक्राउ | जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्छ सावधान अपनाउनुहोलाः गृहमन्त्री लेखक | सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सभापति थापा | भारतले फोहोरमैला व्यवस्थापन र नदी प्रदूषण नियन्त्रणमा सहयोग गर्ने | भैरहवाबाट वीरगंज जाँदै गरेको बस दुर्घटना | मन्त्री आरजु राणा र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा | पशुपतिमा एक महिनासम्म चल्ने कोटिहोम महायज्ञ शुरु | मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान | घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा | ७५ प्रतिशत मात्र राजस्व संकलन, लक्ष्यमा पुग्न सकेन सरकार |


समस्याका बावजुद “सेज” मा उद्योगीको चासो

राधेश्याम विश्वकर्मा 28+ समाचार ( )
१९ आषाढ २०८१, बुधवार

भैरहवा । भैरहवामा सञ्चालनमा रहेको बिशेष आर्थिक क्षेत्र (सेज) मा समस्याका बावजुद उद्योगीहरुको आकर्षित भएका छन् । बिशेष आर्थिक क्षेत्र प्राधिकरणले सेजमा देखिएका समस्या समाधार गर्दै लैजाने र कानूनमा भएका केही संशोधनका कारण सेजमा उद्योगीहरु आकर्षित भएका हुन् । 

भैरहवाको बिशेष आर्थिक क्षेत्रमा अहिले एउटा पनि प्लट खाली छैनन् । ५२ बिगहामा रहेका सम्पूर्ण ६९ वटा प्लटहरु भाडामा गईसकेको बिशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुलसीराम मरासिनीले बताए । 

अहिले सेजमा शक्ति मिनरल्स प्राली, विस्तार ग्लोबल प्राली, तिरुपति मेटल प्राली, ब्रिलियन्ट लाईटिङ्ग ईण्डष्ट्रि, पन्चकन्या एसएस प्राली, यस प्लाष्टिक प्रोडक्ट र जय बुद्ध मेटल क्राफ्ट र हिमालयन ग्रेनाईट गरि ८ उद्योग सञ्चालनमा रहेका छन् । यस्तै ईको नेपाल ईनर्जी प्राली, आर्शी ईण्डष्ट्रिज, स्पर्ट ईलेक्ट्रोनिक ईण्डष्ट्रिज, निर्माणको चरणमा रहेका छन् । यस बाहेक मिशाख शेख, लार्के हिमाल जडीबुटी प्राली, व्हाईट माउण्टेन माईनिङ्ग प्राली, दिपेश चालीसे, राहुल जैन, तान्या एग्रो प्राली र डाटा वल्र्ड प्रालीले भैरहवा सेजसंग सम्झौता गरेका छन् ।

महङ्गो भाडा, निर्यात सिमामा देखिएको कठिनाई, उद्योगलाई कर्जा लगायतको समस्या  सेजमा रहेका उद्योगीहरुको गुनासो भएकोमा सरकारले यी विषयहरुलाई सम्बोधन गर्दै लगेको छ निमित्त कार्यकारी निर्देशक मरासिनीको भनाई छ ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगबाट उत्पादन गरेको कम्तीमा साठी प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने व्यवस्था गरेको थियो । यसलाई मिति २०८१।१।१६ मा लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई  संशोधन गर्न बनेको अध्यादेश बमोजिम सो प्रावधानलाई संशोधन गरीे उत्पादन शुरू गरेको मितिले चार बर्षसम्म उत्पादनको कम्तिमा १५ प्रतिशत र त्यसपछिका बर्षमा उत्पादनको कम्तिमा ३० प्रतिशत बस्तु तथा सेवा निर्यात गर्नुपर्ने व्यवस्था बनाइएको छ ।

यस्तै उपदफा (२) मा रहेको अनुमतिपत्रवालाले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग सञ्चालनमा आएको मितिले एक वर्ष भित्र त्यस्तो उद्योगबाट उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्रि गर्न सक्ने प्रावधानलाई तीन बर्ष बनाइएको मरासिनीले बताए ।  

यस्तै सुरुमा अनुमतिपत्र लिई वा दर्ता भई सञ्चालनमा रहेको उद्योगको लगानीकर्ताले उद्योग विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी उद्योग सञ्चालन गर्न नसक्ने छैन र प्रयोगमा ल्याइसकेका मेसिन, औजार वा उपकरण विशेष आर्थिक क्षेत्रमा प्रयोग वा हस्तान्तरण गर्न नसकिने व्यवस्था गरेको थियो । हाल सोलाई संशोधन गरी विशेष अर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी संचलान गर्न सक्ने व्यवस्था गरिएको छ ।

उद्योगीहरुले सेजमा उद्योग स्थापन गर्न प्राधिकरण विभिन्न बिषयहरुमा सहुलियतको लागि प्रयास गरिएको उहाँको भनाई छ । सेजको भाडा सुरुमा प्रति वर्गमिटर १ सय ५० रुपैया तोकिएकोमा अहिले त्यसलाई परिमार्जन गरि २० रुपैया पु¥याईएको छ । उद्योगीहरुले यसलाई पनि महङ्गगो भयो भनेको कारण यसलाई पुनः १० रुपैयामा झार्ने तयारी प्राधिकरणले गरेको छ ।

मरासिनीले सेज नाफा कमाउन नभई नेपालमा रहेका उद्योगीलाई अधिकतम अवसरहरु प्रदान गर्ने उद्देश्यले खोलिएको बताए । यसका लागि उद्योगीहरुलाई आवश्यक वातावरण मिलाउन प्राधिकरणले अधिकतम लचकता अपनाउने उनको जिकिर छ । 

आर्थिक वर्ष २०७६÷०७७ मा सेजबाट १४ करोड ८० लाख रुपैयाका निर्यात विक्री, ५ करोड ६४ लाखको आन्तरिक विक्री गरि २० करोड ४४ लाख रुपैयाको विक्री गरेको थियो । यसैगरि आर्थिक वर्ष ०७७÷०७८ मा ८५ करोड ४७ लाख रुपैयाको निर्यात तथा १८ करोड ३ लाखको आन्तरिक गरि १ अर्ब ३ करोड ५० लाख, आर्थिक वर्ष ०७८÷०७९ मा ४२ करोड २४ लाख निर्यात ३० करोड ६६ लाखको आन्तरिक गरि ७२ करोड ९० लाख रुपैयाको विक्री गरेको थियो । 

आर्थिक वर्ष ०७९÷०८० मा ४५ करोड ४१ लाखको निर्यात ३८ करोड ७९ लाखको आन्तरिक गरि ८४ करोड ५९ लाखको विक्री गरेको सेजले चालु आर्थिक वर्षमा ५३ करोड ९ लाखको निर्यात तथा २८ करोड ५० लाख आन्तरिक गरि ८१ करोड ५९ लाख रुपैयाको विक्री गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

सेज सहज रुपमा सञ्चालनको विषयलाई लिएर बिशेष आर्थिक क्षेत्र प्राधिकरणले बुधबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने उद्योगीहरुले उद्योग सुरु गर्दा पाएको आश्वासन पुरा नभएको भन्दै गुनासो गरेका थिए । विशेषतः सेजको मूल मर्म एकद्वार प्रणाली अहिले सम्म पनि लागु गर्न नसकेको बताउदै उद्योगीहरुले यसको सहजीकरण गर्न प्राधिकरणलाई आग्रह गरे । कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सेजमा अहिले पनि बाहिर भन्दा जग्गा भाडा महङ्गो रहेको कारण यसको सम्बोधन गर्न जोड दिए । सेजमा आवश्यक आधारभूत कुराहरु खानेपानी, बिद्युत, सरसफाई लगायतको समस्याहरु पनि उद्योगीहरुले उठाएका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार