मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा सुधार आउँछ : मन्त्री श्रेष्ठ

Ujyalosandeshonline 12547+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरूले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्ववविद्यालयमा सुधार नहुने बताएकी छिन् । उनले शीर्ष दलहरुले विश्वविद्यालयमा ‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता जनाएरै त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन । 

आइतबार संसदको  शिक्षा स्वास्थ तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री श्रेष्ठले त्रिविको शैक्षिक क्यालेन्डर लागु गर्न दलका भ्रातृ संगठनहरूको अवरोध रहेको र त्यसमा आफूहरुले चाहेर मात्रै सुधार गर्न नसकिने उल्लेख गरिन ।

उनले विश्वविद्यालयको क्यालेण्डर लागू गराई सुधार गराउन आफूहरुले अनौपचारिक पहल गरिरहेको जानकारी गराइन । तर, अनौपचारिक रुपमा संवादलाई अघि बढाए पनि त्यो सफल हुने नदेखिएकाले औपचारिक रुपमै पत्रमार्फत त्रिवि सुधारका लगि दलका शीर्ष नेतासँग छलफल प्रयास गर्ने बताइन । 

उनले दलगत रुपमा आबद्ध कर्मचारी संगठन र प्रसाशनले निचोड निकाल्नुपर्ने भन्दै उनले थपिन , ‘टियू रिफर्मको लागि जबसम्म शीर्ष नेताहरुले कमिटमेन्ट दिँदैनन् यो अगाडि बढ्दैन । हामीले प्रशासन र संगठनको सुधारको प्रयास गरिरहेका छौं । समय नै दिएनन भने अब शीर्ष दललाई पनि पत्राचार गरेर एकै ठाउँमा ल्याएर नो मोर भन्ने कमिटमेन्ट उहाँहरुबाट ल्याउन सक्छौं होला ।’ 

विश्वविद्यालय सुधारका लागि पहिला राजनीतिक दलका भातृ संगठनको सुधार गर्नुपर्ने भन्दै उनले उपकुलपतिले टियूमा हुने राजनीतिकरण सुधारका लागि शीर्ष दलका नेतृत्वसँग छलफल गर्न कोशिस गरिरहेको उल्लेख गरिन । 

 भ्रातृ संगठनका विद्यार्थी र शिक्षक, कर्मचारी संगठनको डरका कारण उपकुलपतिलाई पीएसओ राख्नुपर्ने अवस्था आएको मन्त्री श्रेष्ठले बताइन । 

‘पोजिसन होल्डर्सहरुको नियुक्ति हुँदादेखि नै टियूको भिसी सरलाई धम्कीले गर्दा पीएसओको बन्दोबस्त गर्नुपर्ने अवस्था छ । त्यसैले सबैले टियूलाई दलीय राजनीतिमुक्त बनाउँछौ भनेर प्रतिबद्धता गरे धेरै कुरा सम्भव छ,’ मन्त्री श्रेष्ठले भनिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार