मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

फोहरबाट मोहरः व्यासले कमायो १७ लाख

Ujyalosandeshonline 12208+ समाचार ( )
२१ चैत्र २०८२, शनिबार

तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३÷८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी भएको हो । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गरी आम्दानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्कलन गरी बिक्री गर्न थालेपछि फोहर नगरपालिकाको आम्दानीको स्रोत बनेको छ ।”

व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन गर्दै आएको छ । कुहिने फोहरलाई व्यास–१० भतेरीस्थित गौः संरक्षण केन्द्रमा व्यवस्थापन गरिएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने लक्ष्यका साथ बिक्री गर्न थालिएको प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालेको हो । प्रमुख प्रशासकीय अधिकृत लम्सालले भन्नुभयो, “नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने फोहर भण्डारण गर्ने व्यवस्था मिलाएका छौँ ।’

कार्यालयका अनुसार अल्मुनियम प्रतिकिलो रु ६०, फलाम रु ३५, टिन रु २५, बोतल रु २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी रु १६ तथा  किताब प्रतिकिलो रु १४ का दरले बिक्री गरिँदै आएको छ । यसअघि उक्त फोहर व्यास–३ मादी नदी किनारमा व्यवस्थापन गरिँदैआएको थियो । उक्त सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नकुहिने फोहर दिगो व्यवस्थापन गर्न जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार