मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाउन सिफारिस

Ujyalosandeshonline 11009+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टारलाई हटाउन सिफारिस गरेका छन् ।

कृषि विश्व विद्यालयका कुलपति समेत रहेको मुख्यमन्त्री सिंहले मंगलबार अबेर रातिसम्म बसेको सिनेटको बैठकमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गर्न सिफारिस गरेका हुन ।

करिब १ वर्ष अघि कृषि विश्वविद्यालयको भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए तर, जनमत पार्टीका नेताहरु पार्टी अध्यक्ष सीके राउतले गर्नुपर्ने भन्दै शिलान्यासका दिन जनमत पार्टी र जसपा नेपालका कार्यकर्ता बीच कुटाकुट नै भएको थियो । त्यसमा तत्कालीन शिक्षा मन्त्री महेश यादव घाइते समेत भएका थिए ।

तत्कालीन शिक्षा मन्त्री घाइते भएपछि मधेश प्रदेश सभाले नै छानबीन समिति गठन गरेका थिए त्यो छानवीन समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।

जनमत नेतृत्वको मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालय सञ्चालनकालागि कुल १० लाखको बजेट विनियोजन गरेको छ त्यसमा पनि आर्थिक कारोवार विगत ७ महिना देखि बन्द गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार मध्यरातमा गरेको कानुन विपरीतको निर्णयले मधेश प्रदेशको शिक्षा अवस्थामा ठूलो असर पर्ने र सयौं विद्यार्थीको भविष्य अन्योलमा परेको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार