मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाउन सिफारिस

Ujyalosandeshonline 12612+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टारलाई हटाउन सिफारिस गरेका छन् ।

कृषि विश्व विद्यालयका कुलपति समेत रहेको मुख्यमन्त्री सिंहले मंगलबार अबेर रातिसम्म बसेको सिनेटको बैठकमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गर्न सिफारिस गरेका हुन ।

करिब १ वर्ष अघि कृषि विश्वविद्यालयको भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए तर, जनमत पार्टीका नेताहरु पार्टी अध्यक्ष सीके राउतले गर्नुपर्ने भन्दै शिलान्यासका दिन जनमत पार्टी र जसपा नेपालका कार्यकर्ता बीच कुटाकुट नै भएको थियो । त्यसमा तत्कालीन शिक्षा मन्त्री महेश यादव घाइते समेत भएका थिए ।

तत्कालीन शिक्षा मन्त्री घाइते भएपछि मधेश प्रदेश सभाले नै छानबीन समिति गठन गरेका थिए त्यो छानवीन समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।

जनमत नेतृत्वको मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालय सञ्चालनकालागि कुल १० लाखको बजेट विनियोजन गरेको छ त्यसमा पनि आर्थिक कारोवार विगत ७ महिना देखि बन्द गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार मध्यरातमा गरेको कानुन विपरीतको निर्णयले मधेश प्रदेशको शिक्षा अवस्थामा ठूलो असर पर्ने र सयौं विद्यार्थीको भविष्य अन्योलमा परेको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार