मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको सम्मान

Ujyalosandeshonline 12548+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडौं  । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको स्वागत कार्यक्रममा उनले खेल संघहरुको प्रगति र विकासले आफ्नो कार्यकालको सफलताको मापन हुने बताए । 

उनले भने, ‘संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ । त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई आआप्mनो खेलको विकासमा काम गर्न अनुरोध गर्दछु ।’ 

यसैगरी, उनले आफू मन्त्री बनेको ४० दिन भएको र यस अवधिमा खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको भन्दै यसमै टेकेर नेपाली खेलकुदको विकास गर्ने बताए । कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए । 

सोही क्रममा श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबीच समन्वय हुनु आवश्यक भएको बताए । यसैगरी, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण कराँते बनेको बताएका थिए । 

खेलकुदमन्त्री चौधरीसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई पनि स्वागत कार्यक्रममा आमन्त्रित गरिएको थियो । उनी कार्यव्यवस्तताका कारण उपस्थित भएका थिएनन् । सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार