मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

नवौ लुम्बिनी राष्ट्रिय महोत्सव मंसिर २० देखि

Ujyalosandeshonline 12456+ समाचार ( )
२५ कार्तिक २०८१, आइतबार

भैरहवा । “पर्यटन,कृषि र व्यापार । राष्ट्रिय सम्वृद्धिको आधार ।।” भन्ने नाराका भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । 

सिद्धार्थनगर उद्योग बाणिज्य संघको आयोजनामा मंसिर २० गते देखी पुष १ गते सम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएका छन ।  संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिन मेलाको आयोजना गरेको बताए । 

विभिन्न उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने लुम्बिनी महोत्सव २०८१ मा ३ सय वटा स्टल रहने छ । मेलामा आउने दर्शकलाई लुम्बिनी संग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्वीक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराईने छ । महोत्सवले स्थानिय पर्यटकिय स्थलहरुको प्रचार प्रसार र प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ । 

दर्शकको मनोरञ्जनको लागी स्थानिय लोकदोहोरी, बिद्यालय स्तरिय नृत्य, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिको साथै रातीमा डिजेको ब्यवस्था रहेको श्रेष्ठले बताए । 

मेला अवधि भर करिब ३ लाख दर्शकले मेलाको अवलोकन गर्ने र करिब १० करोड रुपैया सम्मको कारोबार गर्ने लक्ष्य रहेको उनको भनाई छ । मेलाको टिकटको मूल्य सर्वसाधारको लागी १०० रुपैया तथा बिद्यार्थीहरुको लागी ५० रुपैया तोकिएको छ । 

उपभोक्ता र उत्पादक एवम किसानहरुको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा एतपादित कृषिजन्य वस्तुहरु माछा तथा अन्य कुटिर उद्योग, घरेलु एवम राष्ट्रिय स्तरका उद्योगबाट उत्पादित उत्पादनको विशेष प्रस्तुतीकरण गरिने स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार