मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

रुपन्देही- ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैकिंङ कसुरमा पक्राउ

Ujyalosandeshonline 11876+ समाचार ( )
२० फाल्गुन २०८२, बुधवार

भैरहवा । रुपन्देही -३ मा स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ बस्ने ४८ वर्षिय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्दले यादव पक्राउ परेको पुष्टि गरेका छन । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई बिहीबार सिद्धार्थनगर–६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको चन्दले बताए । 

चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते यादवलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले निजलाई  ३० लाख रुपैयाँ साँवा र सोही बमोजिमको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि विगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका यादवलाई उपस्थित गराउन चितवन जिल्ला अदालतले आदेश दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका यादवलाई आवश्यक कारबाही र फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा उपस्थित गराउन पठाइएको छ । यादव रुपन्देही -३ बाट आँप चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार