मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान

Ujyalosandeshonline 12548+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

बिराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छन् । विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । 

त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गाका लीलावहादुर सुनुवार र झापाका इश्वरा तिवारी चयन भएका छन् । त्यस्तै, महासचिवमा झापाका सुरेन्द्र भण्डारी, सचिवमा मोरङका सोनु कुमार दास र विनोद भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा सुनसरीका यमुना गुरागाई (योषा) चयन भएकी छन् । 

त्यस्तै, सदस्यहरमा जमुना विष्ट ताप्लेजुङ, कृष्ण प्रसाद गौतम तेह्रथुम, रञ्जिता खड्का इलाम, धनचन्द्र दाहाल भोजपुर, प्रतिभा शाह उदयपुर, गार्डेन राई सोलुखाुम्बू, नारायण राई धनकुट्टा, मंगल वैध पाँचथर र सुजन बज्रचार्य संखुवासभा रहेका छन् ।  

२१ सदस्यीय कार्यसमिति रहने व्यवस्था अनुरुप बाँकी सदस्यहरु कार्यसमितिको बैठकबाट पछि थप गर्ने निर्णय भएको छ । बिराटनगरमा भएको महासंघको प्रथम अधिवेशनको उद्घाटन आन्तरिक तथा कानून मन्त्री सम्शेर राईले गरेका थिए । 

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले कोशी प्रदेशलाई सुचना मैत्री प्रदेशको रपमा विकास गरेर लाने बताएका छन् । उनले सूचनाको हक सम्वन्धि छुट्टै कानूनको ब्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पु¥याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार