मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

Ujyalosandeshonline 12612+ समाचार ( )
१ असार २०८२, आइतबार

सुर्खेत ।  नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ । सरकारले बजेटमा एकलौटी गरेको भन्दै माओवादी केन्द्रले प्रदेश सभा बैठक अवरोध गरेको हो ।  प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उपस्थित नभएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

दिउँसो ३ बजेलाई बोलाइएको बैठक माओवादीको विरोधपछि रोकिएको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सत्ता पक्षले एकलौटी बजेट प्रस्तुत गर्न खोजेपछि विरोध जनाएको बताए । उनले भने, ‘सरकारले एकलौटी ढङ्गबाट बजेट ल्याउने प्रयास गरिरहेको छ । योजना बैंकमा कुन–कुन योजना समावेश गरिएको छ भन्ने विषय अहिलेसम्म  थाहा नहुनु गम्भीर आपत्तिको विषय हो ।’

आजको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेपनि सत्ता र प्रतिपक्षबीचको विवादका कारण  प्रदेशसभा बैठक अनिश्चितकालकाल लागि स्थगित गरिएको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेटको तयारी भएर प्रस्तुतिका लागि सबै तयारी पुरा थियो। तर प्रमुख प्रतिपक्षी दल माओवादीले छलफल विना बजेट बनाइएको भन्दै असहमति जनाएपछि बैठक अघि नबढ्ने अवस्था आएको हो। मुख्यमन्त्री कार्यालयका अनुसार बजेट अन्तिम चरणमा छ तर राजनीतिक सहमति विना प्रस्तुत गर्ने स्थिति छैन। सहमति जुटाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार