मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य

Ujyalosandeshonline 12612+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

सर्लाही । सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरेको छ । वर्तमान सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी मुलुकबाट सीमा नाकामार्फत भित्रिने यात्रुको पहिचान यकिन गरेर मात्रै प्रवेश अनुमति दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

पूर्वी नेपालका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थापछि सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ । सोही क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले धार्मिक अगुवासँग छलफल गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता कायम राख्न संयमता अपनाउन आग्रह गर्नुभएको छ । छलफलमा कुनै पनि असमझदारीलाई संवादमार्फत समाधान गर्न र उत्तेजनात्मक गतिविधि नगर्न अपिल गरिएको छ । प्रशासनले धार्मिक जुलुस, र्‍याली वा सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णय गर्दै सार्वजनिक अपिलसमेत जारी गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार