मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य

Ujyalosandeshonline 12321+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

सर्लाही । सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरेको छ । वर्तमान सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी मुलुकबाट सीमा नाकामार्फत भित्रिने यात्रुको पहिचान यकिन गरेर मात्रै प्रवेश अनुमति दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

पूर्वी नेपालका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थापछि सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ । सोही क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले धार्मिक अगुवासँग छलफल गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता कायम राख्न संयमता अपनाउन आग्रह गर्नुभएको छ । छलफलमा कुनै पनि असमझदारीलाई संवादमार्फत समाधान गर्न र उत्तेजनात्मक गतिविधि नगर्न अपिल गरिएको छ । प्रशासनले धार्मिक जुलुस, र्‍याली वा सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णय गर्दै सार्वजनिक अपिलसमेत जारी गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार