मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

रुपन्देही–३ मा ‘रैथाने’ को हुँकार : गुप्ताद्वारा उम्मेदवारी घोषणा, स्थापित दललाई टक्कर दिने संकेत

Ujyalosandeshonline 12552+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राजनीतिक दलहरूलाई चुनौती दिदै भैरहवाका युवा उद्योगी अजय कुमार गुप्ताले प्रतिनिधि सभा सदस्य पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ‘अबको नेतृत्व रैथाने युवाको’ भन्ने सशक्त नारासहित चुनावी मैदानमा होमिएका गुप्ताले परम्परागत राजनीतिक शक्तिलाई सिधा टक्कर दिने संकेत गरेका हुन् ।

सांसद् दीपक बोहराको निधनपछि रिक्त रहेको यस क्षेत्रमा निर्वाचन आयोगले कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थनगर नगरपालिका–३ निवासी गुप्ताले आफू यहीको माटोमा जन्मेको र हुर्केको ‘रैथाने’ भएकोले यस क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे ।

“भैरहवामै जन्मिएँ, यहीँ हुर्किएँ, यही माटोसँग मेरो गहिरो माया छ । यही मायाले मलाई राजनीतिमा आउन प्रेरित गरेको हो,”गुप्ताले भने । उनले विशेष गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुनुमा राजनीतिक दलहरूको चरम वेवास्ता र इच्छाशक्तिको कमीलाई दोषी ठह¥याए । विमानस्थल सञ्चालन, पर्यटन प्रवद्र्धन, उद्योग, कृषि, शिक्षा र रोजगारीलाई आफ्नो मुख्य एजेण्डा बनाएका गुप्ताको उम्मेदवारीले उपनिर्वाचन थप रोचक बन्ने देखिएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार