नवलपरासीको प्रतापपुरबाट २९ लाख बराबरको औषधी बरामद,दुईजना पक्राउ

Ujyalosandeshonline 2622+ समाचार ( )
२२ पौष २०८०, आइतबार

परासी — नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बाट नेपाल प्रहरीले ठूलो मात्रामा भन्सार छली गरी भित्र्याइएको औषधि बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधिसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

प्रदेश नम्बर ३, ०१—००२ च ८९९६ नम्बरको कार चेक गर्ने क्रममा सर्जिकल सामग्री र औषधि बरामद गरेको हो । औषधिसहित पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–४ का विवेक पोख्रेल, र बागलुङ बडिगाड गाउँपालिका–५ का अभिषेक खरेल रहेका छन् । बरामद भएको औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार