भैरहवा । भैरहवा स्थित काशी नोबल एकेडेमीले अन्र्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ । बुधबार एक कार्यक्रमका बिच एकेडेमीलाई अन्र्तराष्ट्रिय गुणस्तर चिन्हको लोगो प्रदान गरिएको छ ।
अन्र्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण संस्थाको दक्षिण एशिया हेर्ने संस्था ग्लोबल क्वालिटी काउन्सिलले काशीलाई उक्त चिन्ह सहित आईएसओ प्रमाणित गरेको हो । काशी नोबल एकेडेमीले आफ्नो शैक्षिक गुणस्तर निरन्तर कायम राखेको र आवश्यक सूचकहरु पुरा गरेको हुदा आईएसओ चिन्ह प्रदान गरिएको ग्लोबल क्वालिटी काउन्सिल नेपालका अध्यक्ष सुदिप शर्माले बताए ।
उनले यसको ५० बढी सूचक रहेको विद्यालयले यसलाई एक वर्ष भित्र पुरा गर्ने गरि गुणस्तर चिन्ह प्रदान गरिएको बताए । उनले अन्र्तराष्ट्रिय गुणस्तर प्रमाणीकरणको पहिलो चरण भएकोले यसलाई कायम राख्न शिक्षक कर्मचारी संगै अभिभावकहरुको भूमिका पनि महत्पवूर्ण हुने बताए । उनले आईएसओले काशीलाई यस क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा स्थापित गरेको बताए । उनले अन्यको तुलनामा विद्यालयको प्रशासन उत्कृष्ट रहेको प्रमाणित गर्न तथा विद्यालयले प्रदान गरिरहेका सेवाहरु अरुका भन्दा फरक र सेवाग्राहीहरु प्रति संवेदनशील रहि गुणस्तरिय सेवा प्रदान गर्ने विषय आईएसओले प्रमाणित गर्ने बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ जनकपथस्थित काशी नोबल एकेडेमी २०५२ सालमा स्थापना भएको थियो । त्यस यता यो विद्यालयले लगातार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । हाल विद्यालयमा १ हजार ५ सय ४३ जना विद्यार्थीहरु र १ सय १७ जना शिक्षक तथा कर्मचारीहरु रहेको विद्यालयका प्रधान अध्यापक राजेन्द्र घिमिरेले जानकारी दिए ।
घिमिरेले भने, “गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको काशी नोबल एकेडेमीले विद्यार्थी चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापलाई जोड दिएको छ । यहाँ चेस, क्रिकेट, कराँते, नृत्य, संगित, कला सिकाइन्छ ।”
विद्यालयमा सुविधासम्पन्न पुस्तकालय, कम्प्युटर सुविधा, यातायात सुविधा, अतिरिक्त क्रियाकलापको व्यवस्था रहेको उनले बताए ।
लोगो हस्ताण्तरण कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले काशीले आईएसओको मापदण्ड पुरा गरेको भन्दै बधाई दिए । उनले गुणस्तरिय शैक्षिक बाटो कायम गर्दै विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे । उनले गुणस्तरि चिन्ह पाएर मात्र नभई अबको दिनमा यसलाई कायम राख्न पनि विद्यालयले असल व्यवस्थापनमा जोड दिनु पर्ने बताए ।
उनले नेपालको शैक्षिक उन्नयनमा संस्थागत विद्यालयहरुले महत्वपूर्ण साझेदारी गरेको बताउदै यसमा काशी नोबलको योगदान पनि उच्च रहेको बताए ।
एकेडेमीका अध्यक्ष ओम जैसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाकी शिक्षा अधिकृत जान्हवी पाण्डे लगायतले बोलेका थिए भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक श्री रायमाझीले गरेका थिए ।