मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

बाँदर नियन्त्रणका लागि दिर्घकालीन समाधान खोज्न सरकार तयार छः मन्त्री शाही

Ujyalosandeshonline 12457+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँदरको समस्या निकै देखिएको भन्दै यसको समाधान खोजिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बाँदर नियन्त्रणका लागि दिर्घकालीन समाधान खोज्न सरकार तयार रहेको  बताएका हुन् । 

उनले भने, ‘बाँदर, बँदेल, दुम्सी, निलगाई लगायतका जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षतिको उचित मूल्यांकन गरी आवश्यक क्षतिपूर्तिको पहल गरिनेछ, हात्तिले पनि धेरै क्षति पुर्याएको छ, सबैभन्दा बढि  मानवको  क्षति  हात्तिबाट भएको  छ,  बाघको  पनि  संख्या हेरेर व्यवस्थापन गरिनेछ , यसका लागि सरकारले दिर्घकालीन समाधान खोज्ने छ ।’  

यस्तै, बैठकले दिर्घकालीन रूपमा बाँदर नियन्त्रणका लागि गर्नुपर्ने कामहरूको अध्ययन गरी समाधान खोज्न र त्यसमा जटिलता देखिए एक महिनाभित्र समितिमा जानकारी गराउन वन मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकले जंगली जनावरलाई मानवबस्तीमा आउनका लागि रोक्न आवश्यक सुरक्षाको प्रबन्ध गरि क्षतिको न्यूनीकरण गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार