मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

Ujyalosandeshonline 12612+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

काठमाडौं ।  राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२÷०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेश गरेको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेश गरेका हुन् ।

उक्त प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा सरकारले देशको  अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई समाधान गर्नका निम्ति सशक्त पहल गर्दै आइरहेको बताए । उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्र सुध्रिँदै लयमा फर्किरहेको बताए ।

उनले भने, ‘पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई समाधान गर्नका निम्ती सशक्त पहल गर्दै आइरहेको छ । अर्थतन्त्रका सबै  परिसूचकहरु हेर्नुभयो भने अघिल्लो वर्षको तुलनामा केही सुधारहरु गर्न सकेका छौं ।  अर्थतन्त्र सुध्रिँदै छ । अर्थतन्त्र लयमा फर्किदैछ । ’साथै उनले अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ नभइ स्थिरतातर्फ अघि बढेकाले अस्थिरतावादी प्रवित्ति भने यो स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोशिस गरिरहेको  बताए । 

उनले भने, ‘अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ होइन स्थिरतातर्फ अघि बढेको छ । तर अस्थिरतावादी प्रवित्ति भने स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोशिस गरिरहेका छन् । अस्थिरतावादी, प्रतिज्ञावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सिर्जना भइरहेका छन् । तर अस्थिरता सिर्जना गर्ने कोशिसहरु निकाम हुने छन् । मुलुकले एउटा सुनिश्चत स्थिरताको यात्रा तय गर्नेछ । स्थिरताका निम्ती मात्रै स्थिरताको खोजेका होइनौं, सरकार टिकोस्, रहोस्, चलोस् भन्नका निम्ती मात्रै स्थिरताको खोजी गरेका होइनौं, स्थिरताको उद्देश्य संविधानको रक्षा, संविधानको प्रभावकारिता कार्यान्वयन एवम आर्थिक सामाजिक क्षेत्रमा सुधार, अग्रगामी परिवर्तनकारी सुधार मुख्य उद्देश्य हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार