दशैंमा चंगा उडाएर रमाउदैं बालबालिका

Ujyalosandeshonline 12214+ समाचार ( )
तस्विरहरू: बिजेन अमात्य
१२ अशोज २०८२, आइतबार

बडादसैँ सुरु भएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका आकाश चंगाले रंगिन देखिन थालेका छन्। बालबालिका घरको छत र खुला ठाउँमा भेला भएर चंगा उडाउँदै रमाइरहेका छन्। एक समय यस्तो थियो, जब दसैँ–तिहार सुरु हुनुभन्दा धेरै अघिदेखि नै काठमाडौंको आकाश चंगाले ढाकिन्थ्यो। तर पछिल्लो समय चंगा उडाउनैपर्ने भन्ने संस्कृति विस्तारै कम हुँदै गएको देखिन्छ । यद्यपि, अझै पनि धेरै बालबालिका र युवाहरूका लागि चंगा उडाउनु दसैंको रमाइलोको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार