मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

लुम्बिनी पर्यटन महोत्सव :
लुम्बिनी पर्यटन महोत्सवमा स्टल व्यस्थापन गर्न आयोजकलाई हम्मे हम्मे

Ujyalosandeshonline 12611+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

भैरहवा । मंसिर २० गते देखि भैरहवामा सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा नवौं लुम्बिन िपर्यटन महोत्सव २०८१ को आयोजना हुदै छ । २० गते देखि सुरु हुने महोत्सवका लागि भने अहिले देखि नै स्टल पाउन व्यवसायीहरु लाइन लागेका छन् । महोत्सव सचिवालयमा स्टल बुकिङ्ग गर्न आउनेको संख्या बढ्दै जादा आयोजकलाई यसको व्यस्थापनमा हम्मे हम्मे परेको छ । 

संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको महोत्सवको स्टल व्यस्थापन समितिका संयोजक नेत्र प्रसाद आचार्यका अनुसार ३ सय स्टल बनाए पनि सबै बुक भई सकेको बताए । उनले भने “प्राय सबै स्टल बुक भएका छन्, अझै पनि स्टल लिन आउनेको संख्या उस्तै छ । पहिले बुक गरेका र अहिले पनि सम्पर्कमा नआएकाहरुको स्टल अब माग्न आउनेलाई दिने मनस्थितिमा पुगेका छौं ।” 

अहिलेको महोत्सव कृषिलाई लक्षित गरि आयोजना गरिएको हुदा कृषि सम्बन्धि स्टललाई विशेष प्राथमिकता दिईएको उनको भनाई छ । यस बाहेक अटो, होटल व्यसायी र गार्मेन्ट सम्बन्धि स्टलहरु रहेको उनले बताए । “हामीले ३ सय स्टल बनाउदा सुरुमा स्टल बुक हुदैन कि, हामीले दर्शकलाई निराश पो बनाउने हो कि भन्ने चिन्ता थियो ।” आचार्यले भने “अहिले त्यसको ठिक विपरित भएको छ, सबै स्टल बुक भएका छन्, कुनै स्टल खाली छैन । यसले हामीलाई उत्साही बनाएको छ ।”

उनले महोत्सवमा रहेका स्टलहरुमा बाहिरको भन्दा महङ्गो समान बिक्री हुने गरेको भ्रम रहेको बताउदै महोत्सवमा रहेका स्टलहरुमा बिक्री हुने समानहरुलाई विशेष ध्यान दिईने बताए । उनले महोत्सवमा राखिएका समानहरु सर्वसुलभ तथा गुणस्तरिय उपलब्ध गराउने बताए । 

महोत्सव आयोजक मूल समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले मेलामा सरोकारवाला निकायहरुलाई महोत्सवका अनुगमन गर्न आग्रह गरिएको बताए । उनले स्टलहरुमा राखिने खाद्य परिकारहरुमा ध्यान दिने बताएका छन् । महङ्गो, गुणस्तरहिन खाद्य पदार्थलाई आयोजकले नै सम्बन्धित निकायको समन्वयमा कार्यवाही प्रक्रिया अगाडी बढाउने भएकोले ढुक्क संग मेलामा रहेका परिकार उपभोग गर्न उनले आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार