मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

पृथ्वी जयन्तीमा नेपाली सेनाको विशेष समारोह

Ujyalosandeshonline 12679+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष समारोहको आयोजना गरी मनाइरहेको छ । देश तथा विदेशमा रहेका नेपाली सेनाहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन् । 

शुक्रबार जङ्गी अड्डामा एक विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पाहार अर्पण गरे । 

यसै सिलसिलामा पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन पाँचवटा पल्टन (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी–हाल बर्दबहादुर तथा सबुज)को झण्डा र दिपज्योतिसहित सुरु भएको एकीकरण मार्ग पदयात्रा समापन भएको घोषणा गरिएको छ । 

गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेको पदयात्राको टोलीले शुक्रबार बिहान पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखेर नगर परिक्रमा गरेको थियो । परिक्रम पश्चात् जङ्गी अड्डामा पुगेर विशेष समारोहमा सरिक भएको थियो । 

समारोहमा कविता प्रतियोगिताहरुबाट छानिएका कविताहरुको सँगालो ‘वीरताका गाथाहरु’ प्रधान सेनापतिले विमोचन गरे । कविता संग्रहमा सैनिक र गैरसैनिक सर्जकहरुका ८४ वटा कविताहरु संकलित छन् ।

यसैगरी यस वर्षको कविता प्रतियोगिताका उत्कृष्ट कविताहरुको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राहरुबाट लघुनाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सुदिप थापा तथा रामप्रसाद कँडेलले नेपाली सेनासँगको सहकार्यमा निर्माण गरिएको थ्रिडी एनिमेटेड पृथ्वीनारायण वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार