मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

नेपाल आएका बेलायती सेना प्रमुख भेटघाटमा व्यस्त

Ujyalosandeshonline 12206+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र बेलायती सेनाप्रमुखबिच मंगलबार शिष्टाचार भेट भएको छ ।

संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डामा पुगेर भेटेका हुन् ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबिच रही आएको सुमधुर सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको छ ।

भेटअघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यही माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा रहेका बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए ।

त्यस्तै, बेलायती सेना प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । सेना प्रमुख स्याण्डर्सले प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा भेट गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार