मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

सन्दर्भ : विश्व कुष्ठरोग दिवस
मर्चवारीमा मनाईयो ७२ औ विश्व कुष्ठरोग दिवस

जैसमोहम्मद खान 76+ समाचार ( )
१३ माघ २०८१, आइतबार

मर्चवार । ७२ औं विश्व कुष्ठरोग दिवसको अवसरमा मर्चवारी गाउँपालिकामा प्रभातफेरी तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

मर्चवारी गाउँपालिकाको वडा न १ सेमरामा रहेको मर्चवार स्वास्थ्य चौकीमा कार्यक्रम मनाईएको हो । अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कुष्ठरोग बारे समाजमा विद्यमान चेतना, सरोकारवालाको प्राथमिकतामा पर्न नसक्नु र यस संग सम्बन्धित दक्ष जनशक्तिको अभाव भएको कारण यसको निराकरणमा कठिनाई आएको निक्र्यौल निकालेका थिए । 

समाजमा अझै पनि सचेतनाको कमि भएको कारण यसका बिरामीहरु अझै पनि लुकेर बस्ने अवश्थामा रहेको र समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आइ नसकेको सहभागीहरुको भनाई थियो । अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ । यसैकारण कुष्ठरोगी वा औषधि पश्चात रोगबाट मुक्त भइसकेका व्यक्तिहरू प्रति पनि केही स्थानमा अत्यन्त ठूलो सामाजिक लान्छना र भेदभाव कायम देखिएकोले यस बारे सचेतना फैलाउन आवश्यक रहेको वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण कुमार सिंहले बताए । 

पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए । त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ  । प्रत्येकवर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । यस वर्ष पनि “एकतावद्ध भइ कुष्ठरोगको अन्त्यको लागि सहभागी बनौं ।” भन्ने नारा सहित प्रभात फेरी र अन्र्तक्रिया कार्यक्रम गरि मर्चवारीमा  विश्व कुष्ठरोग दिवस मनाईएको हो ।

मर्चवारी गाउँ पालिका स्वास्थ्य शाखाको आयोजना,फेरमेड÷ईन्द्रेणी ग्रामिण विकास केन्द्रको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । मर्चवारी गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य मुन्नीलाल केवट, मर्चवारी गाउँ पालिका स्वास्थ शाखाका सिअहेव  पुरुषोत्तम घिमिरे,सेमरा मर्चवार स्वास्थ्य चौकीको इन्चार्ज रान्जित पटेल लगायत फेरमेड÷ईन्द्रेणीको अल्लाउद्दिन खान तथा सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीको जोगिन्द्र यादव लगायत सम्पुर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु तथा स्थानिय जनसमुदायहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार