मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

धनुषाको रमदैयामा प्रदेशकै सबै भन्दा ठूलो र अत्याधुनिक वाटरपार्क निर्माण

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ स्थित रमदैयामा वण्डरलैण्ड वाटरपार्क निर्माण गरिएको छ । ३ लाख स्कवायर फिट क्षेत्रफल रहेको उक्त वाटरपार्कमा मल्टिलेनस्लाइड टू लेन, वडीवेभ स्लाइड, हाइस्पीड वडी स्लाइड, ओपेन वडी टर्निगं स्लाइड, ओपेनफलोट स्लाइड, वेभ पुल, रैन डान्स, फाइभ प्लैटर्फम वाटर प्लेसिस्टम, ट्टस एक्टीभिटी, सिक्स डिफरेन्ट सावर, फूड कोर्ट, पार्टी हाँल लगायतको सुविधा रहेको छ ।

सो वाटरपार्कको भोलि शुक्रवार बिहान ११ बजे नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा उद्घाटनको कार्यक्रम राखिएको जानकारी जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक गुड्डु जैनले दिएका छन् । उद्घाटन पूर्व आज पत्रकार सम्मेलन गरी पार्कको अवस्था सम्बन्धमा जानकारी गराइएको छ ।

मधेश प्रदेशमा सबैभन्दा राम्रो बनाइएको सो पार्कमा धनुषा, महोत्तरी, सिरहा सहित मधेश प्रदेशका सबै जिल्लाका साथै सीमावर्ती क्षेत्रबाट पनि निकै संख्यामा मनोरञ्जन गर्न मानिसहरु आउने अपेक्षा गरिएको छ ।

वाटरपार्क बिहान १० बजेर ३० मिनेटमा खुल्नेछ र बेलुकी ५ बजेसम्म दैनिक सञ्चालनमा रहनेछ । सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा निर्माण भइरहेको वाटरपार्कमा अहिलेसम्म १२ करोड ५० लाख खर्च भइसकेको छ । वाटरपार्कमा जानका लागि टैक्स सहित ९ सय ५० रुपैया प्रति व्यक्ति लाग्नेछ ।

पानीको स्वच्छता कायम राख्न ४ वटा वाटर ट्रिटमेन्ट जडान गरिएको जानकारी जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिका निर्देशक अभिशेष गोयन्काले दिएका छन् । वाटरपार्कमा आउनेहरुलाई न्यूनतम शुल्कमा कस्टुमपनि उपलब्ध गराइनेछ । वाटरपार्कको रेस्टुरेन्ट कम्पलेक्समा रिसोर्ट, बैन्केट हाँल, बच्चाहरुका लागि प्ले जोनको निर्माण कार्य पनि भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार