मुख्य समाचार
दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना |

तिनाउको तिलोत्तमा माविमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12551+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । प्रहरी चौकी दोभान पाल्पाको सक्रियतामा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख सहजकर्ताको भूमिका निर्वाह गर्दै प्रहरी चौकी दोभानका प्रहरी सहायक निरीक्षक मोहन खड्काले समाजमा लागुऔषधले पारिरहेको नकारात्मक असरबारे प्रकाश पार्नुभएको थियो । उहाँले लागुऔषधको दलदलमा फस्दा व्यक्ति, परिवार र समाजमा पर्ने दीर्घकालीन असर, यसको कानुनी प्रावधान र कुलतबाट बच्ने उपायहरूका बारेमा विद्यार्थीहरूलाई विस्तृत रूपमा जानकारी गराउनुभयो ।

पछिल्लो समय युवापुस्ता लागुऔषधको उच्च जोखिममा रहेको भन्दै उहाँले विद्यार्थीहरूलाई सचेत रहन र अरूलाई पनि सचेत गराउन आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयहरूमा यस्ता सचेतनामूलक अभियानहरू सञ्चालन गर्दै आइरहेको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार