मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

Ujyalosandeshonline 11003+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

दमौली (तनहुँ)  । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो । त्यस अवधिमा रु १० लाखसम्मका १६, रु १० लाखदेखि २० लाखसम्मका ५३, रु २० लाखदेखि रु दुई करोडसम्मका ९६, रु दुई करोडदेखि पाँच करोडसम्मका दश र रु पाँच करोडमाथिका चार योजना सम्पन्न भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । 

तिवारीका अनुसार शुक्लागण्डकी नगरपालिकामा ३४, म्याग्दे गाउँपालिकामा १२, भिमाद नगरपालिकामा २६, ऋषिङ गाउँपालिकामा तीन, व्यास नगरपालिकामा ३८, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, भानु नगरपालिकामा ३०, देवघाट गाउँपालिकामा पाँच र घिरिङ गाउँपालिकामा छ योजना सम्पन्न भएका छन् । 

कार्यालय मातहत ‘एक निर्वाचन क्षेत्र : एक सडक’ अन्तर्गत चार निर्वाचन क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छन् । तिवारीका अनुसार भानु चन्द्रावती सडक, दुलेगौडा हर्कपुर सडक, आँबु भाँगे छिम्केश्वरी सडक, आँबु भाँग छिम्केश्वरी सडक दोस्रो खण्ड निर्माणाधीन छ । 

प्रादेशिक सडक ‘ख’ वर्गअन्तर्गत शालिग्राम दुई, ढोरवाराही सडक, बुद्धसिंह मार्ग निर्माणाधीन अवस्थामा रहेको तिवारीले उल्लेख गर्नुभयो । प्रादेशिक सडक ‘ख’ वर्गअन्तर्गत सिन्धु मार्ग, कृष्ण मार्ग, श्रृङ्ग पथ, सहिद लालध्वज मार्ग, दमौली केशवटार सुखौरा बन्दीपुर सडक निर्माणाधीन अवस्थामा रहेको छ । यसैगरी अन्य सडक निर्माण कार्यक्रमअन्तर्गत एक सय २९ मध्ये ५३, सडक पुल निर्माण तथा सम्भार कार्यक्रमअन्तर्गत १५ मध्ये दश, झोलुङ्गेपुल निर्माण तथा सम्भार अन्तर्गत पाँचमध्ये तीन निर्माणाधीन अवस्थामा छ । 

कार्यालयले सो अवधिमा केही योजना समय अगावै निर्माण सम्पन्न गरेको छ । व्यास नगरपालिका–५ रानीटारी हुँदै म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने रानीटारी घुम्ती सडक समय अगावै सम्पन्न गरेको छ । नौ किलोमिटर उक्त सडक रु ३६ करोड ६२ लाख ९१ हजार ५४ को लागतमा विसं २०८१ फागुन ९ गतेसम्म सम्पन्न भएको छ । 

यस्तै मानपुर डेढगाउँ बुलिङटार सडकमा रु २६ करोड एक लाख ५७ हजार नौ सय २३ को लागतमा विसं २०८१ पुस ६ गते कालोपत्र सम्पन्न भएको छ । शालिग्राम कोरिडोर अन्तर्गत दोस्रो खण्डमा रु १७ करोड ६९ लाख ३३ हजार तीन सय एकको लागतमा विसं २०८१ मङ्सिर ३० गते कालोपत्र सम्पन्न भएको तिवारीले जानकारी दिनुभयो । 

सडकपुलतर्फ भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–१० जोड्ने क्याङ्दी खोलामा रु पाँच करोड ५७ लाख ९२ हजार आठ सय ६६ को लागतमा विसं २०८२ जेठ २० गते पुल निर्माण सम्पन्न भएको छ । यस्तै भिमाद नगरपालिका–१ डुम्रीवेशीमा रु सात करोड ५३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण सम्पन्न भएको छ । चुँदीखोलामा रु दश करोड दश लाख ९१ हजार नौ सय ६६ को लागतमा पुल निर्माण सम्पन्न भएको तिवारीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार