मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक : नेता सिटौला

Ujyalosandeshonline 12208+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजिक एकता र देश विकासका लािग एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका लागि एकजुट हुनुपर्ने बताए ।  

उनले भने, ‘हामी विभिन्न राजनीतिक दलमा विभाजित भएका छौं ।  तर हामीले विभाजित भएर समाजलाई हिनाउने होईन्, सबै राजनीतिक दलका नेता र कार्यकर्ताले यो कुरा बुझ्न आवश्यक छ ।  आजको दिनमा समाजको प्रगतिको लागि हामी एक ठाउँमा जुट्नै पर्छ, एकै ठाउँमा बस्नै पर्छ र यसमा गम्भीरतापूर्व विचार गर्नुपर्छ ।’

समाजको प्रगतिमा नै सबैको प्रगती हुने बताएका उनले सामाजिक एकता,सद्भाव र सहकार्य गर्नुपर्नेमा जोड दिए । एक आपसमा दलहरु झगडा र विरोध गरेर समाज विकास नहुने तर्क गरेका उनले सिंगो नेपाल र नेपाली जनताको बारेमा सोचेर राजनीतिक दलले एक ठाउँमा उभिएर काम गरे मात्र राष्ट्र बलियो हुने धारणा राखे ।  

कार्यक्रममा सहिद गंगालालको योगदानको स्मरण गरेका उनले विभिन्न आन्दोलनहरुमा ज्यानको आहुती दिएका सहिदहरुले देश विकासका लागि देखेका सपना पूरा गर्न सरकारमा सहभागि सबै दलहरु एकजुट हुन आवश्यक भएको उल्लेख गरेका हुन् । राष्ट्रलाई बलियो बनाउने अभियानको थालनी समाजबाटै गर्नुपर्ने भनाई उनको थियो । 

‘सहिदहरुले आम जनताको अधिकार प्राप्ति, आर्थिक प्रगति, सामाजिक सद्भाव एवं सिंगो राष्ट्रिय एकताका लागि सबै लाग्नुपर्ने भन्दै उनले थपे, ‘हामीले ठूला ठूला राजनीतिक आन्दोलन गरेर देशलाई यहाँसम्म ल्याएका छौं । अब समाजलाई सही बाटोमा हिँडाउने,समाजमा कोही पनि मानिस पछि नपरोस भनेर सोच्ने बेला आएको छ । आर्थिक रुपमा पछाडि परेकाहरुको लागि हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ नेता सिटौलाले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार