मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

कञ्चनमा दोस्रो गौतमबुद्ध कपकञ्चनमा दोस्रो गौतमबुद्ध कप फुटबलको आयव्यय सार्वजनिक, खेलकुद विकासमा केन्द्रको योगदानको प्रशंसा

जगीलाल थापा 30+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

कञ्चन । गौतमबुद्ध सामुदायिक विकास केन्द्रले गत साउन ३१ देखि भदौ १० गतेसम्म सञ्चालन गरेको दोस्रो गौतमबुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ। स्थानीय आमा समूह, क्लब, टोल विकास संस्थाका प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा केन्द्रका अध्यक्ष कमल परियारले प्रतियोगिताको सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गर्नुभयो ।

अध्यक्ष परियारले प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सबै सहयोगीदाता, स्थानीय तह, वडा, संघसंस्था र शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रातदिन खटिने स्वयंसेवक, खेलाडी, स्थानीय अगुवा, बुद्धिजीवी, आमा समूह, क्लब र टोल विकासका सदस्य तथा पदाधिकारीहरू प्रति पनि आभार व्यक्त गर्नुभयो ।

अध्यक्ष परियारले प्रतियोगिता सञ्चालनका लागि १० लाख १९ हजार १४ रुपैयाँ आम्दानी भएको र १ लाख ८८ हजार १५५ रुपैयाँ प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो। कुल खर्च ८ लाख ६० हजार ४६ रुपैयाँ भएको पनि उहाँले सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा प्रगति टोल विकास संस्थाका अध्यक्ष तथा केन्द्रका सल्लाहकार मोतीलाल थापा र सञ्जय काउछा मगरले कञ्चनको खेलकुद विकासमा गौतमबुद्ध सामुदायिक विकास केन्द्रले पुर्‍याएको योगदानको प्रशंसा गर्दै यसले फुटबल खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कञ्चनको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । केन्द्रका अध्यक्ष कमल परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हिरालाल विश्वकर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार