मनाेरञ्जन शर्मा
भैरहवा– थाइ एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आज(आइतबार)बाट सुरु भएको छ । नागरीक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस A 320अवतरण गरेको हो ।
प्राधिकरण भैरहवा कार्यालयका सूचना अधिकारी बिनोद राउतका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए । राउतका अनुसार यो तालिका अनुसारकै उडान हो । अब ८ नोभम्बर( २३ कार्तिक शुक्रवार)मा अर्को उडान गर्ने र त्यस पछि हप्ताको दुई उडान गर्ने छ ।
थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुन उडान काठमाण्डौमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रबद्र्धनको काम भएको थिएन् । भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ । एअर एसियाको यो बिमान बिहान ७।४० बजे बैंकक प्रस्थान गरी सकेको छ ।