मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रूपन्देहीमा पिकअप दुर्घटना, १ जनाको मृत्यु १८ जना घाईते

Ujyalosandeshonline 12612+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

भैरहवा । रूपन्देहीको लुम्बिनीमा पिकअप दुर्घटना हुदा एक जना बालिकाको मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार मृतक र घाईतेहरुको विस्तृत विवरण अझै खुल्न सकेको छैन । 

कार्कीका अनुसार सोमबार साँझ करिब सवा ५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ मा लु १ च २७६३ नम्बरको पिकअप भ्यान मोडमा आफै अनियन्त्रित भई पल्टिएको थियो । लुम्बिनीबाट मुण्डन संस्कार गरि घर फर्किने बेला मोडमा अनियन्त्रित भई पल्टिदा उपचारको क्रममा करिब १२ वर्षिय एक वालिकाको मृत्यु भएको छ । यस्तै अन्य १८ जना घाईते भएको कार्कीले जानकारी दिए । 

घाईतेहरुको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार भईरहेकोमा २ जनाको अवश्था गम्भिर रहेको र अन्यको सामान्य रहेको कार्कीले बताए । उपचार गराईरहेका सबै घाईतेहरु रुपन्देहीकै भए पनि उनिहरु बारे समाचार तयार पार्दा सम्म विस्तृत विवरण खुलीसकेको छैन । गाडी चालक जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षिय अशोक पासीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार