मुख्य समाचार
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट |

धनुषाधाममा रामायण बाटिका परियोजनाको शुभारम्भ

Ujyalosandeshonline 12522+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

जनकपुर । धनुषाको धनुषाधाम नगरपालिकामा विगत केही वर्षदेखि योजना स्तरमा सीमित रहेको ‘रामायण बाटिका’ परियोजनाको शनिवार औपचारिक रुपमा प्रारम्भ भएको छ । रामायण बाटिका निर्माणका लागि डिभिजन वन कार्यालय धनुषाको अगुवाइमा आज स्थान छनौट गरिएको छ ।

धनुषाधामको धार्मिक र ऐतिहासिक महत्त्वलाई थप उजागर गर्दै पर्यावरण, पर्यटन, संस्कृति र रोजगारीलाई जोड्ने उद्देश्यसहित रामायण बाटिका निर्माण गर्नका लागि स्थान छनौट गरिएको प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले जानकारी दिए । शर्माले यो परियोजना धार्मिक पर्यटनसँगै प्रकृति र संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा हुने बताए ।

‘रामायण बाटिका केवल बोटबिरुवाको संगालो हुने होइन, यो हाम्रो जीवनशैली, संस्कार र मिथिलाको मौलिकतासँग जोडिएको परियोजना हो,’शर्माले भने, ‘यसले वातावरणीय सन्तुलन कायम गर्न सहयोग गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक समृद्धि ल्याउने अपेक्षा गरिएको छ ।’

परियोजनाको स्थान छनौटको प्रारम्भिक चरणमा धनुषाधाम सब डिभिजनका शंकर नारायण झा, प्रदेश वन निर्देशनालयका सुजित कुमार झा र मनोज ठाकुर, मिथिला वाइल्ड लाइफ ट्रस्टका देव नारायण मण्डल लगायतको उपस्थिति रहेको थियो । उनीहरूले संयुक्त रूपमा सम्भावित क्षेत्रको अवलोकन गरेका थिए ।

मिथिला वाइल्ड लाइफ ट्रस्टका मण्डलले रामायण बाटिका मिथिलाको जैविक विविधता संरक्षणमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरे । ‘धेरैपटक विकास र संरक्षणबीच द्वन्द्व देखिन्छ । तर, यस परियोजनाले दुवै पक्षलाई सन्तुलनमा राख्दै अघि बढ्न सक्नेछ,’उनले भने । धनुषाधामको धार्मिक, पौराणिक र सांस्कृतिक महत्त्वलाई केन्द्रमा राखेर विकास गरिने रामायण बाटिका अबको केही महिनाभित्र पूर्णरूपमा जनमानसमा देखिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार