मुख्य समाचार
उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर | हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित |

विहे गरेको दुई महिनामै आन्दोलनमा ज्यान गुमाए असाहव आलमले

Ujyalosandeshonline 11504+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

वीरगन्ज । जेन–जी आन्दोलनका क्रममा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका–१२ बस्ने २२ वर्षीय असाहव आलम ठकुराईको आन्दोलनकै क्रममा गोली लागेर ज्यान गएको उनका परिवारले बताएका छन् । असाहव आलमकी आमा नाजला खातुनका अनुसार, मंगलबार बिहान करिब १० बजे उनी छोरासँग मोबाइलमा कुरा गरेकी थिइन् ।

तर त्यसपछि मोबाइल स्विच अफ भएपछि सम्पर्क हुन सकेको थिएन । पछि आफन्त र सामाजिक सञ्जालमार्फत खोजतलास गर्ने क्रममा आसाहव आन्दोलनमा छातीमा गोली लागेर ज्यान गुमाएको र शव टीचिङ अस्पताल काठमाडौंमा रहेको जानकारी पाइएको हो ।

नाजला खतुनले भनिन् ‘मेरो छोराको बिहे भएको दुई महिना दुई दिन मात्रै भयो । ऊ काठमाडौंमा होटल म्यानेजमेन्ट पढ्दै पठाओमा काम गर्दैथियो । अब हामीलाई हेरचाह गर्ने कोही रहेन ।’ परिवार र आफन्तका अनुसार, मृतकको शव वीरगन्ज ल्याउने तयारी भइरहेको छ । असाहव आलमको निधनसँगै आन्दोलनका क्रममा वीरगन्जमा स्थानीयहरूबीच शोक छाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार