मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निश्कर्ष

Ujyalosandeshonline 12612+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

काठमाडौं । माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले भने,‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका भन्ने विषय छन् । सबैतिरबाट आवाज आइरहेको छ । यसमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’उनले थप भने,‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अव गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्छ । पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन् । स्वतन्त्र, निश्पक्ष छानविनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निश्कर्ष छ ।’

यस्तै उनले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्र अभियानले राष्ट्रिय एकता, जनजीविका लगायतका कुराहरु नयाँ अध्ययन अनुसन्धान गर्नका लागि मजबुत आधारहरु तयार भएको बैठकले निष्कर्ष निकालेको बताए ।साथै उनले गंगालाल श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग र नेपा राष्ट्रिय पार्टीबीच एकताको  सबै कुरा टुङगोमा पुगेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार