मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

‘ग्रे मार्केट’ फस्टाउँदा मोबाइलका वैध कारोबारी संकटमा

Ujyalosandeshonline 12206+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौं । भन्सार छलेर भित्रिने मोबाइल सेटको बढ्दो बजारले वैध कारोबारी संकटमा परेको व्यवसायीहरुले बताएका छन् । नेपाल मोबाइल ब्यवसायी महासंघको शुक्रबार सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभामा व्यवसायीले ‘ग्रे मार्केट’ निरुत्साहित गर्न सरकारको सक्रियता नदेखिएको बताए । 

महासंघ अध्यक्ष भरत भट्टराईले भन्सार छली गरेर भित्रने ग्रे फोनका कारण नेपाली मोबाइलको कारोबारको अवस्था बिग्रिएको तथा त्यसले देशको राजस्वमा समेत असर गरिरहेको बताए ।

‘अहिले ग्रे फोनले नेपाली मोबाइल व्यवसायीहरु मारमा छन् । भन्सार छलेर भित्रिने मोबाइलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा  वार्षिक अबौं रुपैंयाँ घाटा भइरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ,’ उनले भने ।

मोबाइल सेट नियमनको प्रणाली एमडीएमएसलाई प्रभावकारी बनाएर सरकारले गैरकानुनी कारोबार नियन्त्रण गर्नुपर्ने महासंघको माग रहेको उनले बताए । सरकारले एमडीएमएसको प्रणाली ल्याइसकेको छ तर, सञ्चालन भने प्रभावकारी छैन । उक्त प्रणालीले अवैध सेट नियमन गर्ने भए पनि सरकारले ध्यान नदिएको गुनासो व्यवसायीको छ ।

नेटवर्कको स्तरीकरणसँगै मुलुकमा स्मार्टफोनको प्रयोग ह्वात्तै बढेको छ । प्रयोग बढ्दा बजार पनि विस्तारित भइरहेको छ । मोबाइल सेटकै वैध आयातमा पनि परिमाण बढेको भन्सार विभागको तथ्यांक छ । 

विभागका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को १० महिनामा मात्रै २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख २८ हजार ६ सय ६४ थान मोबाइल आयात भएको छ । यसअघि आव ०७९÷८० मा २४ अर्ब ३९ करोड ६७ लाख ७८ हजार रुपैयाँ बराबरको १५ लाख ६९ हजार ५९६ थान मोबाइल आयात भएको थियो ।

व्यवसायीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आश्वस्त पार्दै नियमनको प्रणाली सक्रिय गराउन सरकार सकारात्मक रहेको बताइन । अवैध कारोबार रोक्न व्यवसायीकै अग्रसरता अपेक्षित रहेको पनि उनले उल्लेख गरिन् ।

काठमाडौमा जारी महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दैछ । महाधिवेशनमा ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार