मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

Ujyalosandeshonline 12548+ समाचार ( )
१५ भाद्र २०८३, सोमबार

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१ बाट प्रहरीले चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतबाट लागुऔषध ल्याई लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारतीय मोटरसाइकलमा आउँदै गर्दा प्रहरीले शंका लागेर रोक्न खोजेपछि चेतावनी स्वरूप हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश महाराजगञ्ज सेखंलीका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र निचलोनका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन्। उनीहरूबाट १५८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र UP 56 AH 6189 नम्बरको भारतीय मोटरसाइकल बरामद गरिएको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी दुर्गा राज रेग्मीले जानकारी दिनुभयो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बुझाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार