मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |
मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |


करुणासहितको न्याय आवश्यकता हो, न्यायाधीशले बुझ्नुपर्छ: कामु प्रधानन्यायाधीश

Ujyalosandeshonline 12523+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

लुम्बिनी । कायम मुकायम प्रधानन्यायधीश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको अहिलेको प्रणालीलाई सुधार गरेर लैजानुपर्ने बताएकी छन् । नेपालका संविधानले करुणासहितको न्यायको कल्पना गरेको भन्दै त्यसलाई सबैले आत्मसाथ गर्दै अघि बढ्नुपर्ने उनले बताइन्। ‘कानून र करुणा एकअर्काका विपरित होइनन्, कानूनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय प्राप्ती हुन सक्दैन, उनले भनिन्, अपराधको अनुसन्धान, अभियोजनामा पनि करुणा हुनुपर्छ ।’

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कूल अफ लले आयोजना गरेको राष्ट्रिय अभ्यास अदालत प्रतियोगिता को पुरस्कार वितरण कार्यक्रमलाई लुम्बिनीमा सम्बोधन गर्दै कामु प्रधानन्याधीश मल्लले बुद्धले प्रदान गरेको शिक्षालाई अनुशरण गर्दै करुणायुक्त न्याय परिपाटीको विकास गर्नुपर्ने बताइन्।अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय भएको उनले बताइन्। बुद्धले मानव वध गर्ने अंगुलीमाललाई सतमार्गमा ल्याउनका लागि दण्ड नदिइकन अपनाएको बाटोलाई उपचारात्मक न्याय प्रणालीको रुपमा बुझ्नुपर्ने उनले बताइन्।

‘अपराधको अनुसन्धान कसुरमाथी भइरहेको छ, तर पीडामाथि अनुसन्धान भइरहेको छैन, अनुसन्धान प्रणालीलाई परिवर्तन गर्न आवश्यक छ, उनले महान्याधिवक्तालाई आग्रह गर्दै भनिन्, ‘अब अनुसन्धान प्रणालीलाई फेर्नुपर्छ, संविधानको मर्म र फौजदारी न्याय प्रणालीको मर्म अनुसार गर्नुपर्छ, अदालतले त करुणासहितको न्याय सुरु गरिसकेको छ।’ न्यायधीशहरु तटस्थ हुनुपर्छ भनेको शुन्यतामा नरहेको भन्दै साचो तथ्यमा हुनुपर्ने बताइन्। करुणासिल चित्त भएमा न्यायको सुनिश्चितता को विकास हुने भन्दै विश्वविद्यालयले त्यस्ता जनशक्तिहरु उत्पादन गर्नुपर्ने बताइन्। बुद्धिजमलाई कानूनसंग जोडेर लैजानुले विश्वलाई आकर्षण गर्न सक्ने उनले बताइन्।

कार्यक्रममा बोल्दै महान्यायधिवक्ता रमेश बडालले बुद्धले दिएका सन्देशलाई न्याय प्रणालीमा रुपान्तरण गर्दै जान आवश्यक रहेको बताए। उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले एप्लाईड बुद्धिजमको पठनपाठनबाट समाजलाई मार्गदर्शन गरेकोमा धन्यवाद दिए।

त्यस्तै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संसदले निर्माण गर्न कानूनमा न्यायिक करुणाको आवश्यकता रहेको औल्याउँदै त्यसलाई उपयोगमा ल्याउन आवश्यक रहेको बताए । नेपाल बार एसोसिएसन का अध्यक्ष विजय प्रसाद मिश्रले बौद्ध न्याय प्रणालीलाई न्याय सम्पादनमा अनुशरण गर्दा कानूनी क्षेत्रमा नयाँ अभ्यास हुने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टर डा. तिलकराम आचार्यले विश्वविद्यालयले कोर र एप्लाईड गरी दुई धारमा बौद्ध दर्शनका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले एप्लाईड अन्तर्गत सञ्चालन गरिएको कानून विषयले समाजमा करुणायुक्त जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास गर्दै विश्वकै लागि बौद्ध दर्शनयुक्त कानूनी जनशक्ति नविनतम हुने उनले बताए।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतबहादुर कार्की, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य, रुपन्देहीका जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, त्रिवि कानुन संकायका डिन कृष्णप्रसाद बस्याल, लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखु, स्कूल अफ लका निर्देशक प्रकाशमणि शर्मा लगायतले बोल्दै बौद्ध दर्शन, न्याय प्रणालीका विषयमा बोलेका थिए।

मुलुकका नौ वटा विश्वविद्यालयबाट १६ क्याम्पसहरुको सहभागिता रहेको अभ्यास अदालत प्रतियोगितामा काठमाडौं स्कूल अफ लले प्रथम स्थान हासिल गरेको छ। त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय स्कूल अफ लले दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै बेष्ट मेमोरियलको उपाधि नेपाल ल क्याम्पस र बेष्ट स्पीकर ल क्याम्पसकै सबिना ढकाल भएको निर्देशक भुसालले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार