मुख्य समाचार
नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल | हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम | बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला | माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत | देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश | कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो | जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार | सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते | बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार |

नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा

Ujyalosandeshonline 12308+ समाचार ( )
२९ भाद्र २०८३, सोमबार

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताउनुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्दै चाडपर्व केवल उत्सवका अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको बताउनु भएको छ । 

“चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ, हाम्रा चाडपर्वले नेपाली समाजको सांस्कृतिक मौलिकता, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई मज्बुद बनाउँदै आएका छन्,” सभापति थापाले भन्नुभयो । हरितालिकाले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता  थपोस् भन्ने कामना गर्दै उहाँले  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा पार्टी र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार