भैरहवा । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) का अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि चैत्र २९ गते बिहीबार ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ । मुस्लिम आयोगले पनि बिहीबार ईद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो ।