मुख्य समाचार
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड |

मनसुन पूर्वतयारी कार्ययोजना सार्वजनिक

Ujyalosandeshonline 12548+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।

प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरुदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर काम गर्ने जनाएको छ । 

गत सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त विपद् कार्ययोजना पारित गरेको थियो । प्राधिकरणले यस वर्ष वर्षामा १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए । उनका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।

उनले भने, ‘हामी मौसमबारे दैनिक, साप्ताहिक र मासिक पूर्वानुमानका आधारमा पूर्वतयारी गर्नेगरी अगाडि बढेका छौं । हामीले वर्षभरि गर्नेकामहरु उपकरण किन्नेदेखि लिएर तालिम दिने कामहर वर्षभरि नै गर्छौं । कमजोर भूभागमा, जहाँ बढी पानी पर्यो, त्यहाँ बढी पहिरो जान सक्छ । खासगरी पूर्वी पहाडमा यस्ता घटनाहरु हुँदै आएका छन् । यसै आधारमा हाम्रो कार्ययोजना केन्द्रित छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार