मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको तयारी पूरा

Ujyalosandeshonline 12444+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

काठमाडौं । यही जेठ ३२ र असार १ गते सञ्चालन हुने नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ  । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन गइरहको नेपाल इन्टरनेसनम टुरिजम एक्स्पोको तयारी पूरा भएको जानकारी गराइएको हो । 

नेपालको पर्यटन अन्तराष्ट्रिय बजारमा प्रर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडांै महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्थाहरको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो ।  

एक्सपोमा १६ देशका १५० विक्रेता, २५० क्रेता तथा एक हजारभन्दा बढि आगन्तुकको सहभागिता रहने छ । यस्तै, एक्सपोमा बिहार टूरिजम मलेशियाको समेत सहभागिता रहने छ । 

एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिकासहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एण्ड रिसोर्ट्स काठमाडौं र रे जिनटा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फूड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार