मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरूको बृत्ति विकासमा ध्यान दिन माग

Ujyalosandeshonline 11308+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

मुगु । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभरिका विभिन्न जिल्लाका क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुले आफुहरुको वृत्ति विकासमा विश्वविद्यालयले ध्यान नदिएको गुनासो गरेका छन् । विश्वविद्यालयको आठौँ सिनेटले पारित गरेको नियमावली पूर्ण कार्यान्वयनमा नल्याएको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

रारा क्याम्पस प्राध्यापक संघ मुगुका सभापति हिरा बोहराले विज्ञप्ति जारी गर्दै सो नियमावलीअनुसार मातहतमा कार्यरत आंशिक तथा करार प्राध्यापकरूको बृत्ति विकासका लागि आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गर्नुपर्ने माग गरेका छन् । ‘दुर्गम पिछडिएका जिल्लाहरूमा कार्यरत प्राध्यापकहरूलाई राज्यले दिएको दुर्गम भत्ता दिने प्रावधान भएपनि लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकहरूलाई यी सुविधा दिइएको छैन,’ विज्ञप्तिमामार्फत् उनले भनेका छन् । 

आफूहरूले उठाएका मागहरू पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १० वटा क्याम्पसहरू रहेका छन् । आइतबार भने मुगुस्थित रारा बहुमुखी क्याम्पस र बाँकेस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक संघहरूले विज्ञप्तिमार्फत् प्राध्यापकहरूले उठाएका माग पूरा गर्न माग गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार