मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

सलले मुख थुनेर हत्या : तीन महिनादेखि खाटमुनि थियो शव

Ujyalosandeshonline 12611+ समाचार ( )
७ माघ २०८०, आइतबार

काठमाडौं । डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेगलेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभा भगवतीमा तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपितलाई पक्राउ गरेपछि आइतबार पत्रकार सम्मेलन गरेको छ । उपत्यका प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र सफिनाको शव विभत्स अवस्थामा फेला परेको बताए ।

उक्त कोठामा बस्दै आएका भारतको दरभंगा लालबागका इकरामुल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । मियाँको हत्यापछि भारततर्फ गएका उनी फर्केर आएको मौकामा पक्राउ परेका हुन् ।

एसएसपी खत्रीका अन्सारी र मियाँ नौ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । बेला बेलामा झगडा हुन थालेपछि कात्तिक पहिलो साता अन्सारीले मदिरा सेवन गरि काठको आग्लोले मियाँलाई मरणासन्न हुनेगरि कुटेको र पछि उनकै सलले  घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि शव खाटमुनि लुकाएका थिए । घटनापछि डेरा कोठाको ढोकामा ताला लगाइ चाबी फालेर बल्खुहुँदै सुमो चढेर वीरगंज गएका थिए । त्यहाँबाट रक्सौल, गुजरात, लखनउहुँदै भारतका विभिन्न स्थानमा करिब २ महिना लुकीछिपी बसेका थिए ।

गत पुस दोस्रो साता पुनः काठमाडौं आएका अन्सारी प्रहरीले माघ ३ गते कालीमाटीबाट पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउअघि सोही दिन घरधनीले खबर गरेपछि पुगेको प्रहरी टोलीले डेरामा शव भेटेको थियो । शव सनाखत भएपछि प्रहरीले इकरामुलको खोजी गरेको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार