मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

सलले मुख थुनेर हत्या : तीन महिनादेखि खाटमुनि थियो शव

Ujyalosandeshonline 11844+ समाचार ( )
७ माघ २०८०, आइतबार

काठमाडौं । डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेगलेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभा भगवतीमा तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपितलाई पक्राउ गरेपछि आइतबार पत्रकार सम्मेलन गरेको छ । उपत्यका प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र सफिनाको शव विभत्स अवस्थामा फेला परेको बताए ।

उक्त कोठामा बस्दै आएका भारतको दरभंगा लालबागका इकरामुल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । मियाँको हत्यापछि भारततर्फ गएका उनी फर्केर आएको मौकामा पक्राउ परेका हुन् ।

एसएसपी खत्रीका अन्सारी र मियाँ नौ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । बेला बेलामा झगडा हुन थालेपछि कात्तिक पहिलो साता अन्सारीले मदिरा सेवन गरि काठको आग्लोले मियाँलाई मरणासन्न हुनेगरि कुटेको र पछि उनकै सलले  घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि शव खाटमुनि लुकाएका थिए । घटनापछि डेरा कोठाको ढोकामा ताला लगाइ चाबी फालेर बल्खुहुँदै सुमो चढेर वीरगंज गएका थिए । त्यहाँबाट रक्सौल, गुजरात, लखनउहुँदै भारतका विभिन्न स्थानमा करिब २ महिना लुकीछिपी बसेका थिए ।

गत पुस दोस्रो साता पुनः काठमाडौं आएका अन्सारी प्रहरीले माघ ३ गते कालीमाटीबाट पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउअघि सोही दिन घरधनीले खबर गरेपछि पुगेको प्रहरी टोलीले डेरामा शव भेटेको थियो । शव सनाखत भएपछि प्रहरीले इकरामुलको खोजी गरेको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार