मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

ट्रिपरको ठक्करले जिपमा सवार तीनजनाको मृत्यु

Ujyalosandeshonline 12548+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

विराटनगर । मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । ट्रिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२- ००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दिपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बोलेरोमा सवार सोही ठाउँका हरि खनाल र गायत्री भट्टराई सिकिस्त घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले प्रहरीले ट्रिपर चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार