मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रुपन्देही-१ मा बज्यो 'घण्टी': ठूला दललाई पछि पार्दै सुनिल लम्सालको सानदार अग्रता

Ujyalosandeshonline 12612+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा नयाँ विकल्पका रूपमा उदाएको 'घण्टी' चुनाव चिह्नले सानदार अग्रता कायम गरेको छ। हालसम्म गणना भएको कुल १ हजार ३ सय ३२ मतको नतिजाअनुसार घण्टी चुनाव चिह्न भएका उम्मेदवार सुनिल लम्सालले कुल खसेको मतको आधाभन्दा बढी हिस्सा ओगट्दै अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन्।

प्राप्त पछिल्लो मतपरिणामअनुसार उम्मेदवार लम्सालले सर्वाधिक ६ सय ६८ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका हुन्। उनलाई पछ्याइरहेको 'हलो' चुनाव चिह्नले १ सय २१ मत प्राप्त गरेको छ। सुरुवाती रुझानमा देखिएको यो मतअन्तरले यस क्षेत्रमा घण्टीप्रतिको आकर्षण स्पष्ट पारेको छ।

यता, देशका प्रमुख र परम्परागत ठूला राजनीतिक दलहरू भने प्रारम्भिक गणनामा निकै कमजोर देखिएका छन्। नेपाली कांग्रेसको चुनाव चिह्न 'रूख'ले जम्मा १ सय ५ मत प्राप्त गरेको छ भने नेकपा एमालेको 'सूर्य' चिह्नले १ सय ३ मत मात्र पाएको छ। त्यसैगरी, अन्य प्रतिस्पर्धीहरूमध्ये 'तारा' चुनाव चिह्नले १ सय १ र 'छाता' चुनाव चिह्नले ७१ मत प्राप्त गरेका छन्।

अहिलेसम्मको मतगणनाको रुझानलाई विश्लेषण गर्दा रुपन्देही-१ का मतदाताले पुराना दलहरूलाई भन्दा नयाँ विकल्पलाई अत्यधिक रुचाएको प्रष्ट हुन्छ। यो सुरुवाती नतिजाले ठूला दलहरूलाई गम्भीर धक्का दिएको छ। हाल मतगणना कार्य निरन्तर जारी रहेकाले आगामी नतिजा कस्तो आउनेछ भन्नेमा सर्वत्र चासो र उत्सुकता बढेको छ।

प्रतिक्रिया

Birendra Gupta २२ फाल्गुन २०८२, शुक्रबार

Jay ghanti 🔔🔔🔔

Dhaka Ram Bhusal २२ फाल्गुन २०८२, शुक्रबार

Ra sa pa ko जीत निश्चित छ

Nand lal gupta २२ फाल्गुन २०८२, शुक्रबार

Es pali pariwartan ko lahar

Pratima Shrestha २२ फाल्गुन २०८२, शुक्रबार

Jay ghanti💗

Ashish Kumar Yadav २२ फाल्गुन २०८२, शुक्रबार

Of course ghanti will win

Ashish Kumar Yadav २२ फाल्गुन २०८२, शुक्रबार

Of course ghanti will win

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार