मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रूपन्देही सुपरलिगः लुम्बिनी खुकरी क्लब फाइनलमा

Ujyalosandeshonline 12614+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनल यात्रा तय गरेको हो । अब, उसले माघ २७ गते हुने तिलोत्तमा क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लब बीचको दोस्रो सेमिफाइनलको विजेता टिमसँग माघ २९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा गर्यो । उसका लागि अमर मिश्रा र समिर अलीले अर्धशतकीय पारी खेले । अमरले ७१ र समिरले ५४ रनको योगदान गर्दा प्रज्वल थापाले २२, अन्तिम थापाले २१, अजयकुमार चौहानले अविजित १८ र दुर्गेश गुप्ताले १२ रन जोडे । बलिङमा तिरुपतिका तुलबहादुर थापा र विपिन न्यौपानेले ३–३ तथा रुपेश कुर्मीले २ र सन्दीप मौर्यले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपति ४७ ओभर १ बलमा २ सय ४ रन बनाउँदा अलआउट भयो र उपाधि होडबाट बाहिरियो । उसका लागि एजाजुल हकले ४६, तुलबहादुर थापाले ४१, अर्निको यादवले २५, डेभिड थापाले २०, रुपेश कुर्मीले १७ र कमल विकले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी खुकुरीका सेजाद आलम, अमर मिश्रा र अजयकुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १–१ विकेट लिए । खेलमा अमर मिश्रा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार