मुख्य समाचार
जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड |

पोखराबाट मधेश घुम्न निम्ता, ४० गन्तब्य र पेंडादेखि कटियासम्मको प्रचार

Ujyalosandeshonline 12613+ समाचार ( )
१६ माघ २०८१, बुधवार

पोखरा । माघ १० देखि पोखरामा जारी ३३औँ ‘औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवमा–२०८१ मा’मा ‘घुमौँ मधेस, बुझौँ मधेस’को प्रचार गरिएको छ । ‘घुमौँ मधेस, बुझौँ मधेस’का संयोजक विकास ठाकुरले मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको प्रचार गरिएको जानकारी दिए । मधेसका पर्यटकीय स्थल चिनाउन पोखराको मेला उपयोगी भएको बताए । 

‘महोत्सवमा स्टल राखेपछि पोखरा घुम्न आएकाहरु मधेस घुम्ने इच्छा व्यक्त गर्नुभएको । मधेश बुझन चाहनुभएको छ । उहाँहरुलाई मधेसका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे बुझाउने काम भइरहेको छ’ उनले भने । महोत्सव अवलोकनमा आउनेहरूले रौतहटको कटिया र बरमझियाको पेडाको स्वादसमेत चखाउने गरेको जानकारी दिए । 

मधेस प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौँ मधेस, बुझौँ मधेस’को स्टलमा आगुन्तकहरूलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ । पोखरा जस्तो पर्यटकीय नगरीमा मधेसको पर्यटन प्रवद्र्धन गर्ने र बढीभन्दा बढी पर्यटक मधेस ल्याउने उद्देश्य राखिएको बताए । 

मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मधेस प्रदेशका धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको बारेमा मानिसहरुलाई बुझाइएको, प्रदेशले सूचिकृत गरेको ४० वटा गन्तब्यहरुको विस्तृत विवरण समावेश गरेको जानकारी दिए । उनले मधेस बुझेर मात्र सम्पूर्ण देश बुझ्न सकिने भन्दै उनले पहिला सबैलाई मधेस बुझ्न आग्रह गरे । माघ १० गतेदेखि सुरु भएको मेला १८ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार