मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार | ‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’ | विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छः अध्यक्ष दाहाल | भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका पाँच नेपालीसहित ६ जना पक्राउ | नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद | बढ्दैछ महोत्तरीमा कोदोखेती | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ | उद्योगमन्त्री यादवद्वारा राजीनामा | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग |

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छः अध्यक्ष दाहाल

Ujyalosandeshonline 12284+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

सिरहा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष दाहालले हालै रसुवाको भोटेकोशीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, “पहाडमा सङ्कट परेको बेला मधेसले र मधेसमा विपद् परेको बेला पहाडले सहयोग गर्ने हाम्रो संस्कृति नै हो । आज पनि तराई मधेसको सहयोग अतुलनीय छ ।” शुक्रबारसम्म चल्ने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रमा प्रतिनिधिसभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, मिर्चैया–७ फूलबरियास्थित बाजु माविका प्रधानाध्यापक फुलगेन नायक, सगरमाथा बोर्डिङ स्कुलका संस्थापक प्रदीप तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो । सङ्घीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत चारवटा भवन निर्माण गरिएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार