मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव

Ujyalosandeshonline 12614+ समाचार ( )
१६ कार्तिक २०८३, आइतबार

नेपालगन्ज । जनता समाजवादी पार्टी (नेपाल) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनतालाई आश्वासन बाहेक केही दिन नसकेको र सबैतिर निराशा मात्रै सिर्जना गरेको आरोप लगाएका छन्। बाँकेको नेपालगन्जमा अग्रगामी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समितिद्वारा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले चुनावका बेला गरिएका बाचा विपरीत सरकारले महँगी, भ्रष्टाचार र बेथिति मात्रै निम्त्याएको बताए।

देशमा भ्रष्टाचार र कमिसनतन्त्र अनियन्त्रित रूपमा बढेको, दैनिक मजदुरी गरेर छाक टार्ने गरिब जनता सङ्कटमा परेको तथा शिक्षा र स्वास्थ्य क्षेत्र पूर्ण रूपमा कमजोर बनेको उनको भनाइ थियो। सरकार विदेशी ऋणको भरमा चलेको उल्लेख गर्दै उनले कांग्रेस र कम्युनिष्टकै शैलीमा अहिलेको सरकारबाट पनि जनता आजित भइसकेको बताए। अग्रगामी मोर्चाद्वारा लुम्बिनीका रुपन्देही र बाँकेमा आयोजित सो कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके गुप्ता, प्रलोपाका जनार्दन शर्मालगायत विभिन्न राजनीतिक घटकका नेताहरूले पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार