मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

Ujyalosandeshonline 11768+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

ललितपुर । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका थिए भने बुधबार ती प्रस्तावहरूमाथि महासमिति सदस्यहरूले धारणा राखेका छन् । 

अब बिहीबार प्रदेश सभापतिहरूले समूहगत छलफलमा उठेका सुझावहरूलाई संकलन गरेर सुझाव पेश गर्ने तयारी छ । प्रदेश सभापतिहरूले धारणा राखिसकेपछि दिउँसो २ बजेबाट समापन कार्यक्रम हुने सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको भावी नीति र रणनीति, महामन्त्री गगनकुमार थापाले संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पार्टीको लेखा प्रतिवेदन पेश गरेका थिए । 

बुधबार भएको समूहगत छलफलमा गोदावरी हलमा ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले धारणा राखेका थिए भने अधिकांश जिल्ला सभापतिहरूले पनि बोलेका थिए । बैठकले पेश भएका प्रस्तावहरूमाथि धारणा तय गर्दै समापन हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार